काठमाडौं । भोलिदेखि(शुक्रवार) अङ्ग्रेजी नयाँ वर्ष शुरु हुँदैछ । सन् २०२० लाई बिदाई गर्दै हामी नयाँ वर्ष २०२१ मा प्रवेश गर्दैछौं ।
नयाँ वर्षले सबैको जीवनमा एउटा छुट्टै उमंग थपिदिन्छ । कुनै नयाँ कामको थालनीका लागि पनि प्राय मानिसहरुले नयाँ वर्षलाई नै चुन्ने गरेका छन् ।
यसैबीच सर्च इन्जिन गुगलले पनि नयाँ वर्षलाई लक्षित गर्दै आफ्नो डुडल परिवर्तन गरेको छ । विश्वमा हुने विशेष घटना वा पर्वको अवसरमा गुगलले आफ्नो डुडल परिवर्तन गर्दै आएको छ ।
नयाँ वर्षको अवसरमा पनि विश्वव्यापी रुपमा उत्सव मनाइने भएकाले गुगलले नयाँ वर्ष झल्काउने किसिमको डुडल राखेको छ ।
परिवर्तित डुडलमा गुगलको लोगोलाई झिलिमिली बत्तीले बेरेको छ भने त्यहीँ बीचमा एउटा घडी राखिएको घरजस्तो संरचना छ जसमा २०२० लेखिएको छ । घडीको समयले नयाँ वर्ष आउनै लागेको संकेत दिएको छ । सो लोगोमा क्लिक गर्दा नयाँ वर्षका बारेमा सूचना तथा जानकारी दिइएको वेबपेजमा पुगिन्छ ।
भोलिदखि सन् २०२१ शुरु हुँदैछ । योसँगै हामी नयाँ दशकमा प्रवेश गर्दैछौं ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया