सरकारले निर्वाचन आयोगका सह–सचिव लक्ष्मी गौतमलाई सरुवा गरेको । मन्त्रीस्तरीय निर्णयबाट मंगलबार गौतमको सरुवा गरिएको स्रोतले जनाएको छ ।
कानून तथा राजनीतिक महाशाखा प्रमुख उनैले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को वैधानिकता विवाद हेरिरहेका थिए ।
गौतमको कानून आयोगमा सरुवा भएको छ । आयोगको कानून महाशाखामा भने गृह मन्त्रालयका पुष्कर सापकोटा लगिएका छन् ।
नेकपा विवाद जारी रहेको बेला उनको सरुवालाई रहस्यमय भएको भन्दै प्रचण्ड–नेपाल समूहले चासो व्यक्त गरेको छ । सो समूहका नेता योगेश भट्टराईले एकाएक सहसचिवको सरुवाले आशंका जन्माएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया