आर्मीले दियो गण्डकी प्रदेशलाई २ सय ८८ रनको लक्ष्य

लोकपथ
0
Shares

काठमाडौं । बिनोद भण्डारीको शतकिय इनिङ्समा आर्मीले गण्डकी प्रदेशलाई २ सय ८८ रनको लक्ष्य दिएको छ ।

काठमाडौं शुक्रवार शुरु भएको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आर्मीले गण्डकी समक्ष २ सय ८८ रनको लक्ष्य प्रस्तुत गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ओभरमा ६ विकेट गुमाएर २ सय ८७ रन बनायो ।

बिनोद भण्डारीले उद्घाटन खेलमै शतकिय इनिङ्स खेलेपछि आर्मीले गण्डकी सामु ठुलो लक्ष्य प्रस्तुत गरेको हो ।

बिनोदले ९ चौका र ५ छक्काको मदतले १ सय ११ रन बनाए ।

यस्तै, राजु रिजालले ४५ रन बनाएको इनिङ्समा लोकेश बलमे ४२ र राजेश पुलामी मगरले ३८ रनको योगदान दिए । भिम शार्की १५, रोहित पौडेल १० र हरीकृष्ण झा १४ रनमा आउट भए ।

गण्डकीका बिपिन खत्री र बिशाल पौडेलले समान २ विकेट लिए । दिपेश खत्री र चन्द्र पौडेलको नाममा एक एक विकेट रह्यो ।

नेपाल क्रिकेट संघ ९क्यान०ले वार्षिक कार्यक्रम अन्तर्गत प्रधानमन्त्री कप प्रतियोगिता आयोजना गरेको हो ।

यसअघि क्यान निलम्बनको अवस्थामा राखेपले नीजि कम्पनीसंग मिलेर प्रतियोगिता आयोजना गर्दै आएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?