बच्चा जन्माएपछि मात्रै विवाह गर्ने अनौठो परम्परा

लोकपथ
0
Shares

काठमाडौं । हेडलाइन पढेर अचम्म मान्नु भयो होला । सुन्दा अच्चम्म लाग्ने यो घटना भारतको हो । भारतको राजस्थानमा गरासिया ट्राइबका मानिसहरु पछिल्लो एक हजार वर्षदेखि ‘लिभ इन रिलेसनशिप’ अर्थात विवाह अघि नै श्रीमान श्रीमतीको सम्बन्धमा बस्दै आएका छन् ।

उनीहरुलाई लिभ इन रिलेसनशिप भन्ने पनि थाहा छैन् । तर, विवाह अघि बच्चा जन्माउनु उनीहरुको परम्परा नै हो । जो एक हजार वर्ष पहिलादेखि चल्दै आएको छ ।

भारतीय पत्रिका दैनिक भाष्करका अनुसार गरासिया जातका मानिस राजस्थान र गुजरातमा केही ठाउँमा बस्छन् । राजस्थानको पाली, उदयपुर र सिरोही जिल्लाका केही गाउँमा यिनका परिवार बस्छन् । गरासिया ट्राइबमा कैयौ पिढीदेखि केही परिवारमा कसैको पनि विवाह नै भएको छैन् ।

यिनको परिवारमा कसैले बच्चा जन्माउनुभन्दा पहिला विहे गरे विहेपछि सन्तान नहुने मान्यता रहिआएको छ । जसका कारण यहाँका युवा युवतीहरु बच्चा जन्मिएपछि मात्रै विहे गर्छन् । मेलाबाट भाग्छन् युवा युवती राजस्थान र गुजरातमा यो समाजको दुई दिने ‘विवाह मेला’ लाग्छ ।

जहाँबाट किशोर युवा युवती एकअर्कासँग भेटघाट गर्ने तथा भाग्ने गर्छन् । भागेर घर फर्किदा युवा युवती विहे नगरीकनै पति–पत्निकै जसरी बस्छन् । बच्चा जन्मिएपछि मात्रै परिवारको सहमतिमा विहे गर्छन् ।

  • एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?