५ वर्षीया बालिकामाथि जबरजस्ती करणी

लोकपथ
0
Shares

काठमाडौं । रुपन्देहीमा ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने पक्राउ परेका छन् ।

५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरी समेत कुटपिट गरेको अभियोगमा तिलोत्तमा नगरपालिका-१३ बभनी बस्ने बाणगंगा नगरपालिका-१२ पटना घर भएका २८ वर्षीय होम बहादुर बिकलाई बिहीबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

ती बालिकालाई जबरजस्ती करणी तथा कुटपिट गरी घाइते बनाई छाडेको भन्ने खबर प्राप्त भएपछि वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरीले होम बहादुरलाई पक्राउ गरेको हो ।

बालिकालाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल हुँदै थप उपचारको लागि बीर अस्पताल काठमाडौं पठाइएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?