नापोलीलाई पाखा लगाउँदै युभेन्टसले चुम्यो सुपर कपको उपाधि

लोकपथ
0
Shares

काठमाडौं । युभेन्टसले इटालियन सुपर कप फुटबलको उपाधि हात पारेको छ । बुधवार राति भएको फाइनल खेलमा नापोलीलाई २-० गोल अन्तरले पराजित गर्दै युभेन्टसले उपाधि हात पारेको हो ।

Imageयुभेन्टसलाई उपाधि दिलाउन क्रिस्टियानो रोनाल्डो र अल्भारो मोराटाले एक एक गोल गरे । खेलको ६४ औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए । खेलको ८० औं मिनेटमा नापोलीले बराबरी गर्ने मौका गुमाएको थियो । नापोलीका लोरेन्जोले पेनाल्टीमा गोल गर्न सकेनन् ।

Juventus vs. Napoli score: Ronaldo nets winner in Supercoppa Italiana as  McKennie gets first trophy - CBSSports.com

त्यसपछि खेलको इन्जुरी समयमा मोराटाले गोल गर्दै युभेन्टसलाई २-० को जित दिलाए ।

यससँगै युभेन्टसले नवौं पटक सुपर कप फुटबलको उपाधि हात पारेको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?