प्रतिबन्धका बाबजुद पब्जी सर्वाधिक आम्दानी गर्न सफल

एजेन्सी । भारतीय प्रतिबन्धका बबजुद पब्जी सबैभन्दा धेरै कमाइ गर्ने चिनियाँ अनलाइन गेम बन्न सफल भएको छ । सेन्सर टावरको रिपोर्ट अनुसार १.०६ बिलियन अमेरिकी डलर कमाइ गर्दै पब्जी सन् २०२० मा सबैभन्दा धेरै कमाइ गर्ने चिनियाँ एप बन्न सफल भएको हो ।

चीनका मुख्य ३० मोबाइल गेमले गत वर्ष विश्वभरबाट ९.२४ बिलियन अमेरिकी डलर (करिब ११ खर्ब १२ अर्ब रुपैयाँ) आम्दानी गरेका जनाइएको छ । अमेरिकालाई पछि पार्दै २०२० मा चिनले आफ्नो बर्चस्व बनाएको हो । पछिल्ला वर्षहरुमा विश्वमा चिनियाँ गेम तथा मोवाइल एप तथा गेमहरु निकै लोकप्रिय बनेका रिपोर्टहरुले देखाएका छन् ।

रिपोर्टअनुसार चिनियाँ गेमले सबैभन्दा धेरै आम्दानी जापानबाट गरेका छन् । यी गेमहरुले जापानबाट मात्रै गत वर्ष २.८ बिलियन डलर आम्दानी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?