काठमाडौं । स्मार्टफोनको क्षेत्रमा छोटो समयमै लोकप्रिय मोबाइलफोन रियलमीको ‘मिड–रेन्जर’ फोन रियलमी ६ आईको नेपाली बजारमा मूल्य घटेको छ । पाँचौँ संस्करणको व्यापक सफलता पछि क्यामेरा, पर्फमेन्स र विशेषतामा व्यापक सम्पादनका साथ कम्पनीले छैठौँ संस्करणको यो मोबाइल फोन बजारमा ल्याएको थियो ।
मिडियाटेक ‘हेलियो जी८०’ प्रोसेसरलाई विश्वमै पहिलोपटक यस मोबाइल फोनमार्फत् प्रयोगमा ल्याइएको थियो । जसमा सुनिश्चित शक्तिशाली र द्रूत प्रदर्शनका कारण यो फोन मूलधारका र अनलाइन गेम रुचाउने प्रयोगकर्ताका माझ रुचाइएको छ ।
‘हेलियो जी८०’को प्रोसेसरका कारण यस श्रेणीको मोबाइल फोनमा विशिष्ठ ठहरिएको यो फोन अब किन्न चाहने नयाँ ग्राहकले ४/१२८ जीबी भेरियन्टमा २३ हजार ९९० मा रियलमी ६ आई खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।
यसमा अक्टाकोरको सीपीयु प्रयोग गरिएको छ । यसको पर्फमेन्स २ गिजा हर्जसम्म एकलकोरको भन्दा ३५ प्रतिशत बढी र अघिल्लो संस्करणको फोन भन्दा १७ प्रतिशत उत्कृष्ट रहेको छ । मलि–जी ५२ जीपीयुको प्रयोगका कारण पर्फमेन्स २५ प्रतिशतसम्म वृद्धि हुन सक्दछ जसले गुणस्तरीय तस्वीर खिच्नुका साथै गेमको स्थिर फ्रेम दर उत्कृष्ट बनाउँछ ।
४८ एमपी क्यामेरा राखिएको फोनको सेन्सरले तस्वीर उत्कृष्ट र स्पष्ट खिच्न मद्दत गर्दछ । मुख्य क्यामेरामा ११९ डिग्री पर्ने गरी ८ एमपी अल्ट्रावाइड लेन्स, २ एमपी प्रोट्रेट र २ एमपी माइक्रो लेन्स मिलाएर सहायक लेन्सका रुपमा प्रयोग गरिएको छ । जसको परिणाम स्वरुप उत्कृष्ट फोटो/भिडियोको अनुभूति ग्राहकहरुले गरिरहेको सर्वविदितै छ । ६.५ इन्च एचडी प्लस सानो ड्रप स्क्रिन डिस्प्लेका साथ उपलब्ध यो फोन‘द्यु ड्रप डिस्प्ले’भन्दा ३०.९ प्रतिशत सानो छ । यसमा राखिएको पूर्ण स्क्रिनले भिडियो हेर्दा र गेम खेल्दा प्रत्यक्ष अवलोकन गरिरहे जस्तो शानदार अनुभूति प्रदान गर्दछ । ५ हजार एमएएचको टिकाउ र भरपर्दो ब्याट्रीले १८ वाट फास्ट चार्जिङको सुविधा प्रदान गरेको छ भने त्रिपल सुरक्षाको विशेषता यसमा रहेको छ ।
दुर्लभ स्प्रे कोटिङ प्रक्रिया अपनाएर सयौँपटक सफा गरिएको रियलमी ६ आईको डिजाइन नाओटो फुकसावाबाट प्रभावित छ । जसको परिणाम स्वरुप फोनको पछाडिको भाग चम्किलो देखिन्छ । यो फोन हरियो र सेतो गरी दुई नयाँ कलरमाउपलब्ध छ ।
रियलमीआई ६ को दोस्रो संस्करणको फोन एन्ड्रोइड १० चाँडै नै बजारमा ल्याउने तयारी कम्पनीले गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया