वरिष्ठ नेता पौडेलद्वारा महाशिवरात्रीको शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले महाशिवरात्री पर्वको अवसरका शुभकामना व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै वरिष्ठ नेता पौडेलले महाशिवरात्रीको शुभकामना दिँदै देशविदेशमा रहेका नेपालीको सुख, शान्ति र समृद्धिको कामना व्यक्त गरेका छन् ।

महाशिवरात्री पर्वले आम नेपालीमा सामाजिक सदभाव, एकता र मेलमिलाप कायम गर्न सकोस भन्दै शुभकामना व्यक्त गरेका छन् ।

‘हिन्दू धर्मावलम्बीको महान पर्व महाशिवरात्रिका अवसरमा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको कामना गर्दछु । हिन्दू धर्मावलम्बीले श्रद्धापूर्वक भगवान शिवको आराधना गरि मनाइने महाशिवरात्री पर्वले आम नेपालीमा सामाजिक सदभाव, एकता र मेलमिलाप कायम गर्न सकोस ।’ वरिष्ठ नेता पौडेलले भने ।

नेपालमा मनाइने हरेक चाडपर्वले जस्तै शिवरात्रीले पनि सामूहिक भावना थप विकसित गर्दै, एकता र मेलमिलापको आधार खडा गरोस भन्ने पनि शुभकामना व्यक्त गरेका छन् ।

नेपालीहरुको सांस्कृतिक रीतिरिवाजले हाम्रो सामाजिक सम्बन्धहरुलाई थप मजबुत गराउने बताएका छन् । हामीले आफ्ना पर्व, रीतिरिवाज तथा धर्म संस्कृतिलाई संरक्षण गर्दै , नेपाली नेपाली बीचको एकता कायम गर्दैै समृद्धिको आधार बनाउनुपर्नेमा जोड दिएका छन् ।

वरिष्ठ नेता पौडेलले भने- ‘हाम्रा सांस्कृतिक रीतिरिवाजले हाम्रो सामाजिक सम्बन्धलाई थप मजबुत बनाउदै आएका छन् । तसर्थ हामीले आफ्ना पर्व, रीतिरिवाज तथा धर्म संस्कृतिलाई संरक्षण गर्दै , नेपाली नेपाली बीचको एकता कायम गर्दैै समृद्धिको आधार बनाउनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?