काठमाडौँ- गाँजाको प्रयोग गर्नुलाई कतिले राम्रो मान्छन् त कतिले नराम्रो। यसलाई औषधिका रूपमा नियन्त्रित तवरले प्रयोग गर्दा स्वास्थ्यको क्षेत्रमा फाइदा पुर्याउने देखिन्छ । साथै यसमा केही बेफाइदा पनि जोडिएका छन् ।
यसमा १ सयभन्दा बढी रसायन तत्त्व पाइन्छन् । गाँजामा पाइने टेट्राहाइड्रो क्यानाबिनोल र क्यानाबिडोल तत्त्वलाई औषधिका रूपमा प्रयोग गरिएको पाइन्छ । टीएचसीले गाँजा सेवन गर्दा अलौकिक संसार पुगेको महसुस गराउँछ । त्यसैले गाँजा सेवन गर्दा मस्तिष्क आफ्नो काबुमा कमै हुने गर्छ ।
अल्जाइमर, पाचन प्रक्रियाको समस्या, एनोरेजिया, छारेरोग, सिजोफ्रेनिया, दीर्घकालीन मांसपेशीको दुखाइ कम गर्न, क्यान्सरका ट्युमर कोषिकालाई मार्न गाँजाको सीमित प्रयोग गर्न सकिने वैज्ञानिक तथ्यले बताएको छ । गाँजाको दानालाई अचारका रूपमा प्रयोग गर्दा पाचन प्रक्रियामा सहयोग पुर्याउँछ ।
फाइदा
१. गाँजामा भएका २ सय रसायनमध्ये टीएचसीले भावना परिवर्तन हुने, मुड फ्रेस गराउने र धारणा परिवर्तन गराउने काम गर्छ ।
२. गाँजाको हेम्स प्लान्टबाट लुगा बनाउन सकिन्छ ।
३. गाँजालाई भोक लगाउने, पाचन प्रणाली राम्रो बनाउने र दिसासम्बन्धी समस्या हटाउने औषधिको रूपमा प्रयोग गर्न सकिन्छ ।
४. बिरामी लठ्याउन वा उसको पीडा कम गर्न अहिलेजस्तो ‘एनेस्थेसिक’ वा ‘एनाल्जेसिक’ औषधि नहुँदा सयौं वर्षदेखि गाँजाको प्रयोग हुँदै आएको छ ।
५.शरीरमा क्यान्सर फैलाउने कोष मार्न र रक्सी तथा अन्य हानिकारक लागुऔषधको लत छुटाउन गाँजाको प्रयोग गर्न सकिन्छ । साथै क्यान्सरमा किमोथेरापी पछि हुने बान्तालाई पनि यसले कम गर्छ भन्ने मान्यता रही आएको छ ।
६. नेपालमै गाँजाकै कणहरू मिसिएर उत्पादन हुने गरेको ‘रातोबरी’ औषधिले जस्तोसुकै झाडापखाला निको पार्ने, ‘जातीफलाडी चूर्ण’ले आन्द्रासम्बन्धि रोग निको पार्ने, ‘लक्ष्मीविलास रस’ले नाकबाट पानी बग्ने रोग निको पार्ने, ‘सर्पगन्धा’ले अनिद्रा र उच्चरक्तचाप ठिक गर्ने र ‘मदनानन्द मोदक’ले डिपे्रसन ठिक ग¥थ्यो ।
७. गाँजाले सिर्जनामा केन्द्रित हुन सहजता प्रदान गर्छ ।
८. आँखाको प्रेसर पनि कम हुन्छ ।
९. दुखाई कम गर्न र निन्द्रा लगाउन पनि यसको प्रयोग गर्न सकिन्छ ।
१०. पाइल्स भएमा गाँजाको लेप लगाउँदा सो रोग निको हुन्छ ।
बेफाइदा
१. लामो समयसम्म गाँजा प्रयोग गर्दा मानसिक रोग लाग्न सक्छ ।
२. नियमित प्रयोगले निकट भविष्यमै हृदयघात निम्त्याउँछ ।
३. गाँजा सेवन गर्ने व्यक्ति कडा डिप्रेसनको सिकार बन्ने सम्भावना बढी हुने गर्छ ।
४. गाँजामा भएको टीएचसी रसायनले चेतनामा असर गर्ने हुँदा यसले मस्तिष्क र स्नायु प्रणालीलाई क्षति गर्न सक्छ ।
५. लत लाग्ने, मुख सुख्खा हुने र निरन्तर प्रयोगले तौल कम हुँदै जान्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया