हेलिकप्टर चढेर मुख्यमन्त्री राई पुगे ससुराली, तस्वीरमा हेर्नुहोस्

काठमाडौं । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई हेलिकप्टर चार्डड गरेर ससुराली गएका छन् ।

मंगलवार मुख्यमन्त्री राई आफ्नी पत्नी जाङ्मु शेर्पाको जन्मस्थल संखुवासभा मकालु गाउँपालिकाको सेदुवा र नोर्बुको भ्रमणका लागी हेलिकप्टरमार्फत पुगेका हुन् ।

मख्यमन्त्री राई पत्नी जाङ्मुले फेसबुकमार्फत आफू जन्मस्थल जान पाउँदा निकै खुसी बताउँदै तस्वीरहरु सामाजिक सञ्जामाल सेयर गरेकी छिन् ।

मुख्यमन्त्री राई हेलिकप्टर चार्डड गरेर ससुराली पुगेको तस्वीरहरु राखेर सामाजिक सञ्जालमा तर्क वितर्क चलिरहेको छ ।

तस्वीरहरु हेर्नुहोस्

सबै तस्वीर मुख्यमन्त्री राईकी पत्नी जाङ्मु शेर्पाको वालबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?