इन्स्टाग्राममा अब डाइरेक्ट म्यासेज पठाउन नमिल्ने

लोकपथ
0
Shares

काठमाडौं- इन्स्टाग्रामले आफ्नो प्लेटफर्मलाई सुरक्षित बनाउन किशोर र वयष्क प्रयोगकर्ताबीचको अन्तर्क्रियालाई नियन्त्रण गर्ने नीति ल्याएको छ ।अब कुनै पनि वयष्क प्रयोगकर्ताले आफूलाई फलो नगरेका (टिनएजर) किशोर प्रयोगकर्ताले सिधैं म्यासेज पठाउन पाउने छैनन् ।

साथै शंकास्पद गतिविधि भएका वयष्कहरुलाई कुनै पनि टिनेजरले डाइरेक्ट म्यासेज पठाउंदै छ भने इन्स्टाग्रामले त्यतिबेला ‘सेफ्टी प्रोम्प्ट’को नोटिफिकेसन पपअप गरिदिने छ ।

सेफ्टी प्रम्प्टबाट टिनेज प्रयोगकर्ताहरुले वयष्क प्रयोगकर्ताहरुविरुद्ध रिपोर्ट वा ब्लक गर्ने अप्सन पनि पाउनेछन् । सो प्रोम्प्टले युवा प्रयोगकर्ताहरुलाई म्यासेजको प्रतिक्रिया दिन दबाब महसुस नगर्न र अपरिचितलाई तस्वीर, भिडियो वा कुनै पनि जानकारी पठाउंदा सचेत रहनसमेत चेतावनी दिन्छ ।

इन्स्टाग्रामको मोडरेसन प्रणालीले वयष्क प्रयोगकर्ताहरुको स्वभाव शंकास्पद फेला पारेमा नोटिफिकेसन दिने गर्दछ । कम्पनीले वयष्कको स्वभावलाई कसरी शंकास्पद पहिचान गर्छ भन्ने कुरा विस्तृतरुपमा बताएको छैन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?