काठमाडौं । कोरोना महामारीको दोस्रो लहर बढ्दै गएको छ । तर पनि जनमानसमा यसप्रति सावधानी अपनाएको देखिँदैन । दैनिक हेलचेक्य्राइँ र बेवास्ता बढिरहेको छ । मानिसले साार्वजनिक बसमा यात्रा गर्दासमेत मास्क लगाउने गरेका छैन् । समूहमा बिनामास्क खुला हिंडिरहेका छन् । टोलमा बस्दा कसैले पनि मास्क लगाएको देखिँदैन ।
सामाजिक दूरी एकादेशको कथाजस्तो हुन थालिसकेको छ । स्थानीयका बीचमा बाक्लो भेटघाट शुरु भएको छ । पिकनिक खाने र रमाइलो गर्ने प्रवृत्तिले समस्यामाथि समस्या सिर्जना गरिरहेको छ ।
मानिस सुसूचित भएका छन् कि दोस्रो लहरको भाइरस आएको छ । यो लहर नेपाल भित्रिएको धेरै दिन भइसकेको छ । भारत यो लहरबाट आक्रान्त छ अहिले । यसले लिने गरेको भ्याक्सिन कोभिसिल्डको भारतमै हाहाकार हुन थालेको छ । तर, नेपालमा भने यसलाई त्यति विधि वास्ता गरिएको छैन ।
सामान्य सावधानीसमेत नअपनाइएको देख्दा अब कतै दोस्रो लहरले निकै कहर पैदा गर्ने त होइन भन्ने आशंका जन्माएको छ । अहिले सबै नेपालीहरुले कोभिसिल्ड भ्याक्सिनको पहिलो खोप लगाउन पाएका छैनन् । यो अवसरबाट धेरै नेपाली वञ्चित छन् । तथापि भ्याक्सिन लगाएका पनि प्राथमिक रोकथामका लागि उत्तिकै सतर्क र सजग हुनु जरुरी छ ।
दोस्रो लहरबाट बच्नका लागि निकै सतर्कता अपनाउनुपर्ने चिकित्सकको चेतावनी छ । कोरोनाको पहिलो लहर पनि छिमेकी देश भारतबाट नै नेपालमा भित्रिएको थियो । हालको दोस्रो लहर पनि त्यहीँबाट भित्रने सम्भावना छ । त्यसो त नेपाल पनि विश्व उडान र अवतरणको ट्रान्जिट प्वाइन्ट भएकाले नेपाल आफैमा उच्च जोखिम कायमै छ ।
छिमेकी देश भारतमा संक्रमितको संख्या अत्यधिक बढ्दै जानु र नेपालमा जनस्वास्थ्यका मापदण्ड पालना नगर्ने प्रवृत्तिको बोलवाला रहनुले पनि कोरोना संक्रमणको दोस्रो लहर डरलाग्दो गरी फैलन सक्ने सम्भावना बढेर गएको हो ।यो खबर आजको राजधानी दैनिकमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया