काठमाडौं । कोरोनाविरुद्धको खोप लिन नेपाल एअरलाइन्सको विमान बेइजिङ जाने भएको छ ।
चीनले अनुदानमा दिएको कोरोनाविरुद्धको खोपसँगै अन्य अत्यावश्यक स्वास्थ्य सामाग्री लिन निगमको वाइडबडी ए ३३० विमान आउने आइतवार बेइजिङ जान लागेको हो ।
बेइजिङबाट स्वास्थ्य सामग्री लिएर निगमको विमान भोलिपल्ट राति काठमाडौं फर्किने नेपाल एअरलाइन्सले जनाएको छ ।
चैत १ गते बस्सेको मन्त्रिपरिषद्को बैठकले चीनबाट कोरोना विरुद्धको खोप लगायत सहायता सामग्री स्वीकार गर्ने निर्णय गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया