काठमाडौं। काठमाडौंमा एकाएक वायु प्रदूषण देखिएपछि स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै घरबाहिर खुल्ला स्थानमा ननिस्कन आग्रह गरेको छ ।
मन्त्रालयले विशेष गरी बालबालिका, दीर्घ रोगी र ज्येष्ठ नागरिकको ख्याल राख्न भन्दै कसैलाई घरबाहिर ननिस्कन आग्रह गरेको हो ।
मन्त्रालयले विज्ञप्तिमा मर्निङवाकमा जाने, शारीरिक व्यायाम गर्न घरबाहिर निस्कने समेत नगर्न सुझाएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘घरबाहिर खुल्ला स्थानमा नबसौं, नखेलौ, मर्निङवाकमा जाने वा घर बाहिर गएर शारीरिक व्यायाम गर्ने गरिएको छ भने नगरौँ ।’
त्यस्तै, फोहोरमैलाको उचित व्यवस्थापन गर्न र जथाभावी नजलाउनसमेत मन्त्रालयले सचेत गराएको छ ।
घरबाहिर निस्कनै परेमा मास्कको अनिवार्य प्रयोग गर्नुपर्ने साथै कोरोनाबाट बच्न तोकिएका स्वास्थ्य मापदण्डहरुको पालना गर्नुपर्ने कुरा विज्ञप्तिमा उल्लेख गरिएको छ ।
‘
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया