प्रशस्त धन आर्जन गर्ने हो ? अपनाउनुहोस् यी टिप्स

लोकपथ
553
Shares

काठमाडौं – प्रशस्त धन र पैसाको ईच्छा कसलाई हुँदैन । तर ईच्छा भएरपनि सबैको पहुँच र वशमा यो सम्भव हुँदैन । त्यसैले आज हामी तपाईलाई केहि टिप्सहरु सेयर गर्न गइरहेका छौँ । जुन तपाईले पनि फलो गरेर समृद्ध जीवन बनाउन सक्नुहुन्छ ।

बिहानैदेखि फलो गर्नुहोस् यी टिप्स
सूर्योदयभन्दा अघि नै उठ्नुहोस् । यसको लागि राति १० बजेअघि नै निदाउनुहोस् । सुत्नुअघि शुभसंकल्प गर्नुहोस् ।

बिहान उठ्नेबित्तिकै यो अलौकिक प्रकृतिप्रति कृतज्ञ हुनुहोस् । बिहानै ब्रह्ममुहूर्तमा उठ्ने मानिसले ईश्वरीय शक्ति, अपूर्व मेधावी विवेक र ब्रह्मज्ञान हासिल गर्छ। ब्रह्ममुहूर्तमा उठेर धर्म तथा अर्थको चिन्तन गर्ने मानिसले अक्षय धर्म र बेस्सरी सम्पत्ति जोड्न सक्छ ।

मुस्कुराउनुहोस् ।

सूर्यको जस्तो शक्ति चाहिएमा सूर्यको पूजन र प्रणाम गर्नुहोस् ।

बिहान निद्रा खुल्नेबित्तिकै इष्टदेवताको स्मरण गर्नुहोस् र हत्केलामा हेरेर औंलाको टुप्पोमा लक्ष्मी, हत्केलाको मध्यमा सरस्वती र मणिबन्धमा ब्रह्मालाई सम्झेर प्रणाम गर्नुहोस् ।

ओछ्यानबाट झर्नुअघि तत्कालै दाहिने हत्केलाले पृथ्वीलाई स्पर्श गरेर प्रणाम गर्नुहोस् र त्यसपछि मलमूत्र विसर्जन गर्नुस् । मलमूत्र लामो समयसम्म रोकेर नराख्नुहोस् ।

३१ बर्षमा नै करोडपति बनेका विल गेट्सका प्रेरक भनाई यस्ता छन् ।

यो संसारमा आफ्नो तुलना कसैसँग पनि नगर्नुहोस्, यसो गर्दा तपाईको मनोबल गिर्न सक्छ वा उच्च महत्वकांक्षी हुँदा पनि स्वयम्को प्रगतिमा बाधा निम्तन सक्छ ।

एउटा गाह्रो काम गर्नको निम्ति म अल्छी व्यक्तिलाई छान्दछु किनकी अल्छी व्यक्तिले नै सजिलो तरिका पत्ता लगाउन सक्दछ ।

यदि तिमी गरिब जन्मछौँ भने त्यो तिम्रो गल्ती होइन तर यदि तिमी गरिब नै रहेर मर्दछौ भने यो तिम्रो गल्ती हो ।

जिन्दगी सधैँ आफूले चाहे जस्तो हुँदैन यसैले जिन्दगीसँग आफूलाई बानी पार्ने गर्नुपर्छ ।

सफलताको खुशीमा रमाउनु त ठिकै छ तर हामीले ज्यादा ध्यान असफलताले सिकाएको पाठतर्फ लगाउनु पर्दछ ।

हामी सबैलाई त्यस्तो व्यक्तिको आवश्यकता पर्दछ जसले हामीलाई पृष्ठपोषण र सल्लाह सुझाव दिइरहोस्, यसले नै हामीलाई सुधार्न मद्दत गर्दछ ।

यदि हामीले अर्को शताब्दीलाई नियाल्छौ भने तिनीहरुले नेतृत्व तिनीहरुको हुनेछ जसले अरुलाई उठ्न मद्दत गर्नेछन् ।

एउटा निश्चित बिन्दुमा पैसा मेरो लागि कुनै उपयोगी चिज होइन ।

लिगेसी एउटा मूर्खतापूर्ण कुरा हो, म लिगेसी भन्ने कुरो नै चाहन्न ।

कमाएको बचत कसरी गर्ने ?  विश्व प्रसिद्ध लगानीकर्ताका बादशाह वारेन बफेटका १० टिप्स

अमेरिकी अर्बपति वारेन एड्वार्ड बफेट शेयर बजारका हस्ती मानिन्छन् । यसैबीच विश्वको सर्वाधिक सफल लगानीकर्ता मध्ये एक बफेटका टिप्सहरु यहाँ राखिएको छ । उनका सुत्रहरु यस्ता छन् ।

थोपाबाट समुद्र बन्छ, त्यसैले निरन्तरता दिनुहोस् ।
दुविधा नलिनुहोस् ।
काम गर्नुअघि कामको प्रकृति बुझ्ने गर्नुहोस् ।
स–साना चुहावट रोक्ने गर्नुपर्छ ।
ऋणबाट जीवन चलाउने गर्नुहुन्न
अरुलाई नपछ्याउनुस्
संयम भई निरन्तरता दिनुहोस्ः
भरसक नोक्सानीबाट टाढै रहने प्रयास गर्नुहोस्
जोखिम आँकलनमा ध्यान दिनुहोस्
सफलताको वास्तविक अर्थ बुझ्नुहोस्
(बफेटको पुस्तकको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?