काठमाडौं – बढ्दो गर्मीसँगै धेरैलाई चिन्ता हुन थालेको छ । यस्तो मौसममा कसरी खानपानमा ध्यान दिने भनेर । हुनपनि अभिभावकले आफ्ना बालबालिका सकभर बिरामी नहोउन् भनेर निकै ख्याल गर्छन् तर मौसम र खानपानको तादम्यता नमिल्दा धेरै परिवारमा स्वास्थ्य समस्या भने निम्तीरहेको हुन्छ । यहाँ हामीले गर्मियामको खानपान कस्तो हुने भनेर जानकारी दिएका छौँ ।
फ्रेस खानेकुरा मात्रै खाने
धेरै खानेकुरा नखाने
एकैपटक धेरै खाने र लामो समय ग्याप बस्ने बानी हटाउने
फ्रोजन गरिएका मासु तथा चिसो पेयपदार्थ धेरै नखाने
बजारमा पाईने पिरो अमिलो अखाद्य पदार्थ स्वादको लागि भन्दै नखाने
ताजा फलफूल हरिया तरकारी, प्रशस्त झोलिलो खानेकुरा, नियमित आहारविहार, पानीको प्रयोग
यसबाहेक :
सुपर ब्रेकफास्ट : रोटी, स्यान्डविच, फलफूल, एक गिलास तातो दुध, एक प्लेट एक्सट्रा फलफूल वा सलाद लिन सकिन्छ । हरियो तरकारी, रोटी, ताजा दही वा मही, बोक्रासँगै भएको दाल र भात, दालको तातो सूप, धनियाँको हरियो चटनी खान सकिन्छ । रातको खाना सकेसम्म छिटो खाने बानी बसाल्नुहोस् । सुत्नु अघि, एक गिलास तातो दुधमा बेसार, नुन र अदुवाको पेस्ट मिक्स गरेर पिउनुहोस् ।
यी खानेकुरा :
च्याउः च्याउले तपाईंको इम्युन सिस्टम रोग प्रतिरोधात्मक क्षमतालाई बढाउने काम गर्दछ ।
लसुनः बहुगुणी लसुन भान्साको राजा हो । जाडोमा यसको प्रयोग निकै राम्रो मानिन्छ ।
कुखुराको मासुको सुपः चिकन सुपलाई निकै राम्रो मानिन्छ । यसले शरीरमा शक्ति पनि दिन्छ ।
मरिचः रुघा, खोकी र ज्वरोसँग लड्नका लागि तपाईंले आफ्नो खानामा कालो मरिच समावेश गर्न आवश्यक छ ।
अदुवाः जाडोमा एक टुक्रा अदुवा वा अदुवा हालेको चिया पिउँदा निकै फाईदा हुन्छ । तर अब गर्मी बढेका कारण यसको धेरै प्रयोग नगर्नुहोला ।
गाँजरः शरीरमा जन्मने भाइरसलाई नष्ट गर्ने भएकोले गाँजरलाई निकै उपयोगी खानेकुराको रुपमा लिईन्छ ।
हर्बल टी : चिसो मौसममा हर्बल टी, ग्रिन टि तातो पानी पिउनुपर्छ ।
दहीः दहीमा निकै स्वस्थ ब्याक्टेरिया पाइने भएकोले यसले तपाईंको पेटलाई निकै फाइदा पुराउँछ । चिसो मौसममा तपाईंले चिसो दही चाहिँ नखानुहोला ।
ज्वानो जिरा : भान्सामा पाईने ज्वानो जिरालाई मुखमा राखेर चुस्दा पनि निकै फाइदा हुन्छ ।
कोरोना भाइरस ‘कोभिड – १९’ संक्रमणको दोस्रो लहर बढेसँगै मानिसहरु कारण मानिसहरु अहिले पनि त्रसित छन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण सबै क्षेत्र ठप्पप्राय छ । यसैका कारण मानिसहरुको आनीबानी, खानपान र अन्य विभिन्न आचरणमा समेत परिवर्तन आएको छ । कामकाजदेखि सरसफाइ र खानपान जस्ता कुराहरुमा मानिसहरुले सुरक्षित तौरतरिका अपनाउन थालेका छन् । यसैबीच सरससफाइ, स्वास्थ्य, खानपान तथा स्वच्छता मानिसको प्राथमिकता भएका कारण सुरक्षित खानपानका लागि ५ वटा टिप्स विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले दिएको छ । आज लोकपथले तिनै उपयोगि टिप्स यहाँ प्रस्तुत गरेको छ ।
१. सधैं स्वच्छ रहनुस् :
खाना पकाउनुअघि तथा पकाइरहँदा पनि हात धुनुस्।
शौचालय गएपछि हात राम्रोसँग धुनुस्।
खाना बनाउने ठाउँ (किचेन), चुल्हो तथा भाँडाकुँडा राम्रोसँग सफा गर्नुस् र सेनिटाइज पनि गर्नुस्।
किचेनलाई किरा- फट्यांग्रा तथा घरपालुवा जनावरको पहुँचबाट टाढा राख्नुस्।
२. नपकाइएको खानेकुरा पकाएको खानेकुरासँग टाढा राख्नुस्:
कुखुराजन्य उत्पादन (अण्डा, मासु आदि), खसीको काँचो मासु तथा ‘सी फुड’ आदि अन्य खानेकुराभन्दा अलग राख्नुस्। यसबाट अन्य खानेकुरामा ब्याक्टेरिया सर्न सक्छ।
-काँचै खान मिल्ने खानेकुराका लागि छुट्टै भाँडाकुँडा, चक्कु तथा कटिङ बोर्ड प्रयोग गर्नुस्।
-पकाइएको खानेकुरा र काँचो खानेकुराबीच कुनै पनि किसिमको सम्पर्क वा मिसावट नहोस्।
३. खानेकुरा राम्रोसँग पकाउनुस् :
खासगरी खसी तथा कुखुराको मासु, अण्डा, सी फुड आदि राम्रोसँग पकाएर मात्र खानुस्। निश्चितताका लागि थर्मोमिटर प्रयोग गर्न सक्नुहुन्छ। राम्रोसँग पकाउँदा खानेकुरामा भएको सुक्ष्म किटाणु नष्ट हुन्छ।
-सुप आदि झोलिलो पदार्थ कम्तिमा ७० डिग्री सेल्सियस तापक्रममा उमाल्नुस्। कुनै पनि खानेकुरा कम्तीमा यो तापक्रममा पकाएपछिमात्र खान लायक हुन्छ।
-पकाइएको खानेकुरा खाने बेलामा चिसो भएको छ भने तताएर मात्र खानुस्।
४. खानेकुरा सुरक्षित तापक्रममा राख्नुस् :
– पकाइएको खानेकुरा कोठाको सामान्य तापक्रममा दुई घण्टाभन्दा बढी नराख्नुस्।
-तयारी खानेकुरा खासगरी चाँडै बिग्रने खानेकुरा पाँच डिग्रीभन्दा कम तापक्रममा फ्रिजमा राख्नुस्।
-खानेकुरा खानुअघि तेज आँच (६० डिग्रीभन्दा बढी तापक्रम) मा तताउनुस्।
-फ्रिजमा लामो समयसम्म खानेकुरा नराख्नुस् ।
– फ्रोजन फुड (बरफमा जमेको खानेकुरा) लाई कोठाको सामान्य तापक्रममा पग्लिनको लागि नछोड्नुस्।
५. सफा पानी र स्वच्छ भोजन सामग्री प्रयोग गर्नुस् :
-सफा पानीमात्र प्रयोग गर्नुस्।
-ताजा तथा पौष्टिक खाद्य सामग्रीमात्र उपभोग गर्नुस्।
-सुरक्षित प्रोसेसिङ गरिएको खानेकुरामात्र उपभोग गर्नुस्। जस्तो कि पाश्चराइज्ड दूध
-फलफूल तथा तरकारी राम्रोसँग धुनुस्।
-कुनै पनि खाद्य पदार्थ उपभोग गर्नुअघि उत्पादन तथा उपभोग मिति हेर्न नबिर्सनुस्। बीबीसीबाट
नभूलौँ – स्वस्थ्य जीवनको तीन सूत्र ‘उचित आहार बिहार र सकारात्मक विचार’ नै हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया