काठमाडौं । ललितपु मेयर महिला टी–ट्वान्टी क्रिकेटमा सुदूरपश्चिले एपीएफलाई १ सय ७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १०६ रन जोडेको हो ।
सुदूरपश्चिमका लागि विन्दु रावलले सर्वाधिक ४४ रन जोडिन् ।
उनले ५४ बल खेल्दै ४ चौकाको मद्दतमा ४४ रनको अविजित पारी खेलेकी हुन् ।
त्यस्तै कविता कुँवरले १४, डोली भट्टले १४ र रेवती धामीले १० रन जोड्नबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन छुन सकेनन् ।
सुदूरपश्चिमलाई सस्तैमा समेट्न बलिङतर्फ एपीएफका लागि रेखा रावल, करुना भण्डारी, सुष्मा श्रेष्ठ, सिता रानामगर र विनु बुढाले समान एक एक विकेट लिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया