काठमाडौं । नासाले भोलि आइतवार मंगल ग्रहको आकाशमा हेलीकप्टर उडाएर इतिहास रच्ने भएको छ । नासाले गत १८ फेब्रुअरीमा मंगल ग्रहको जेजेरो क्रेटरमा हेलीकोप्टर पठाएको थियो ।
अहिलेसम्म पृथ्वीबाहेक अन्य कुनै पनि खगोलीय पिण्डमा हेलीकप्टर उडाइएको छैन ।
नासाले दिएको जानकारीअनुसार अमेरिकी समय बमोजिम यो उडान बिहान ३ बजेर ३० मिनेट (EDT – Eastern Daylight Time (Time Zone Abbreviation) अथवा १२ बजेर ३० मिनेट PDT (Pacific Daylight Time) मा हुनेछ ।
नासाले यसको लाइभ स्ट्रीमिंग गर्नेछ । यसको प्रत्यक्ष प्रसारण नासाको वेबसाइट, नासा एप र आफ्नो टीभीमार्फत् हुनेछ । यसका साथै नासाको यूट्यूब च्यानल र जेट प्रोपल्शन लेबोरेटरी (JPL ) को फेसबुक पेजबाट पनि यसको प्रत्यक्ष प्रसारण हेर्न सकिन्छ ।
उडान सम्बन्धी प्रारम्भिक अभ्यासका क्रममा नासाले यस हेलीकप्टर इनजेन्युटी ( Ingenuity ) को अन्तिम परीक्षाण शुरू गरेको छ । हेलीकप्टरको रोटरलाई घुमाएर परीक्षण गरिएको छ । विस्तारै रोटरको गति बढाएर नासाले थप परीक्षण गर्ने जनाएको छ । नासाले ट्वीटमार्फत् दिएको जानकारीअनुसार रोटरलाई ५० आरपीएम (राउन्ड पर मिनेट) सम्म परीक्षण गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया