म्यानमारमा थप ८० जना प्रदर्शनकारी मारिए

लोकपथ
0
Shares

काठमाडौं । म्यानमारको सेनाले प्रजातन्त्र पुनर्बहालीका लागि आन्दोलनरत प्रदर्शनकारीको हत्या गरेको छ ।

शुक्रवार यंगुन सहरनजिकै भएको प्रदर्शनमा सुरक्षाकर्मीले चलाएको गोली लागेर कम्तिमा ८० जना प्रदर्शनकारीको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएको छ ।

Myanmar security forces with rifle grenades kill over 80 protesters -  monitoring group - myRepublica - The New York Times Partner, Latest news of  Nepal in English, Latest News Articles

बागो शहरमा भएको उक्त घटनामा कति मानिस मारिए भन्ने विस्तृत विवरण आउन बाँकी रहेको बुझिएको छ । सुरक्षाकर्मीले लासहरूको चाङ लगाएर राखेको र मानिसहरूलाई प्रवेश निषेध गरेकाले मृतकको संख्या एकिन गर्न कठिन भएको छ ।

Myanmar: 'Dozens dead' in military crackdown in Bago - BBC News

सुरक्षाकर्मीको दमनबाट आत्तिएका सहरवासीले सहर छोड्न थालेका छन् ।

एएपिपीका अनुसार सैनिक कूपछि सुरक्षाकर्मीको हातबाट ६ सय १८ जना नागरिकको मृत्यु भइसकेको छ। सेनाले भने अहिलेसम्म २ सय ४८ जना सर्वसाधारण र १६ जना प्रहरीको मृत्यु भएको बताएको छ।

Myanmar: More than 80 dead after being fired on by rifle grenades in  violent clashes over military coup | World News | Sky News

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?