नयाँ वर्ष २०७८ लाग्यो, सबैमा शुभकामना

लोकपथ
0
Shares

काठमाडौं – आज विक्रम संवत् २०७८ वैशाख १ गते अर्थात् नेपाली नयाँ वर्षको पहिलो दिन । नेपालभर र विदेशमा रहेका नेपालीले एकापसमा शुभकामना आदानप्रदान गरी नयाँ वर्ष मनाउँछन्।

आज वैशाख सङ्क्रान्ति अर्थात् वर्षको जेठो दिन हो।

सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा. डा. माधव भट्टराईले बताउँछन् । “विक्रम ६० संवत्सरमध्ये एक र आदित्य सूर्यसँग सम्बन्धित भएकाले यसलाई विक्रमादित्य संवत् भनिएको हो, सूर्यको गति र स्थितिअनुसार विक्रम संवत् चल्दछ, शक संवत्का विशेषतादेखि इश्वी संवत्का व्यवहारिक गुण यसभित्र समावेश गरिएको छ”, उनले भने ।

हरेक व्यक्तिले आज गत वर्ष गरेका कामको सफलता/असफलता मूल्याङ्कन गरी असफलता दोहरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं सङ्कल्प गर्दछन् । आज बिहानै नुहाउने, घरकोठा–आँगन सफा गर्ने, मीठोमीठो खाने, साथी तथा इष्टमित्रसँग भेटघाट गरी एकापसमा शुभकामना व्यक्त गर्ने गरिन्छ । यस वर्ष पनि कोरोना भाइरसको जोखिम कायमै रहेका कारण यस सङ्क्रमणबाट बच्न घरमा नै बसेर वा सानो जमघटमा मात्रै मनाउन अनुरोध गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?