भारतमा एकैदिन थपिए १ लाख ८४ हजार बढी कोरोना संक्रमित , १ हजार २७ जनाको मृत्यु

लोकपथ
0
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा भारतमा १ लाख ८४ हजार बढीमा कोरोना संक्रमण र एक हजार भन्दा बढीको मृत्यु भएको छ । त्यहाँ १ लाख ८४ हजार ३ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै त्यहाँ कुल संक्रमितको संख्या १ करोड ३८ लाख ७३ हजार ८ सय २५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा कोरोना संक्रमणबाट थप १ हजार २७ जनाको मृत्यु भएको छ । हालसम्म भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ७२ हजार ८५ पुगेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

गत २४ घण्टामा भारतमा ८२ हजार ३३९ जना संक्रमणमुक्त भएका छन् । त्यहाँ सक्रिय संक्रमितको संख्या १३ लाख ६५ हजार ७०४ रहेको छ ।

भारतमा हालसम्म ११ करोड ११ लाख ७९ हजार ५७८ जनालाई कोरोना विरुद्धको खोप दिइसकिएको त्यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?