स्वर्गद्वारी जीप दुर्घटना अपडेट : मृतकको सनाखत हुन बाँकी, प्रहरी घटनास्थलमा

लोकपथ
0
Shares

काठमाडौं । जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी सवार जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

स्वर्गद्वारीको  रुमालेमा भएको दुर्घटनामा २ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक (इन्सपेक्टर) देवी प्रसाद गैरेले लोकपथलाई बताए ।

जीपमा सवार १२ जनालाई उद्धार गरी प्राथमिक स्वास्थ्य केन्द्र भिङ्ग्रीमा पठाइएको छ ।

‘लु१ज १६५५ नं.को जीपमा कति जना सवार थिए भन्ने खुलेको छैन् । २ जनाको घटना स्थलमै मृत्यु भएको छ । मृतकको सनाखत अझै हुन सकेको छैन ।’इन्सपेक्टर गैरे भने ।

जीप स्वर्गद्वारी मन्दीर नजिकै रुमालेमा दुर्घटना भएको हो । जीप सडकबाट करिब १५० मिटर तल खसेको इन्सपेक्टर गैरेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?