नेपाली नयाँ वर्ष : अमेरिकी राष्ट्रपतिदेखि चिनियाँ राजदूतसम्मले दिए शुभकामना

लोकपथ
0
Shares

काठमाडौं । नेपाली नयाँ वर्ष २०७८ को अवसरमा विभिन्न देशका राष्ट्रप्रमुख तथा कुटनीतिक नियोगका व्यक्तिहरुले शुभकामना व्यक्त गरेका छन् । यसरी शुभकामना व्यक्त गर्नेमा अमेरिकी राष्ट्रपति, अस्ट्रेलियन प्रधानमन्त्री तथा अमेरिकी र चिनियाँ राजदूतलगायत रहेका छन् ।

उनीहरुले ट्‌वीट, विज्ञप्ति मार्फत नेपाली नयाँ वर्षको शुभकामना दिएका हुन् ।

अमेरिकी राष्ट्रपति जो बाइडनले ट्‌वीटमार्फत दक्षिण एसीयाका देशहरुले मनाउने विभिन्न पर्वको एकसाथ शुभकामना व्यक्त गरेका छन् । नेपाली, बंगाली, कम्बोडियन, लाओ, म्यानमारिज, सिहालिज, तमिल, थाई र विसुलाई नयाँ वर्षको शुभकामना दिएका हुन् ।

अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनको सचिवालयले विज्ञप्ति जारी गर्दै शुभकामना दिएका छन् । विज्ञप्तिमा शुभकामना दिँदै अस्ट्रेलियामा बढ्दै गएको नेपाली समुदायको प्रभाव र उपस्थितिले महत्त्वपूर्ण स्थान पाएको उल्लेख छ ।

यो साल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी साथै भारतीय दूतावासले नयाँ वर्षको शुभकामना दिएका दिएका छैनन् ।

अमेरिकी राजदुत र्‍यान्डी बेरीले पनि ट्‌वीटमार्फत् नयाँ वर्षको शुभकामना दिएका छन् । उनले नेपालीमै शुभकामना दिँदै लेखेका छन् नव बर्ष २०७८ को हार्दिक शुभकामना। म, मेरो परिवार, तथा नेपालस्थित अमेरिकी मिशनको तर्फबाट तपाईंहरूको यो बर्ष खुशी, उमङ्ग, सफलता, र सुस्वाथ्यले भरीपूर्ण रहोस् भन्ने कामना व्यक्त गर्न चाहन्छौं।

चिनियाँ राजदूत होउ यान्छीले ट्‌वीटमार्फत् नयाँ वर्ष २०७८ को शुभकामना दिएकी छिन् । उनले नयाँ वर्ष प्रारम्भको यस सन्दर्भमा नेपालका लागि चिनियाँ राजदूतावासको तर्फबाट म सबै नेपाली साथीहरूमा स्वस्थ, सुख, शान्ति तथा समुन्‍नतिको मंगलमय शभकामना व्यक्त गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?