काठमाडौंको वायु गुणस्तरको सूचकाङ्क करिब दुई सय

लोकपथ
0
Shares

काठमाडौं । नेपालका विभिन्न सामुदायिक वनमा लागेको डढेलो नियन्त्रण हुन नसक्दा अझै वायु प्रदूषण रोकिएको छैन । देशका ३ सय ७७ स्थानमा डढेलो लागिरहेको छ । केही दिनअघिको मौसमको बदलीले वायुमण्डलमा रहेका प्रदूषणका कण थोरै भुइँमा झारे पनि अझै थपिने क्रम रोकिएको छैन ।

वातावरण विभागका उपमहानिर्देशक इन्दुविक्रम जोशीले भने,“पहिलेभन्दा थोरै सुधार भएको छ तर स्वस्थकर वायुमा श्वास लिने अवस्थामा अझै पुगिएको छैन ।मंगलवार सबैभन्दा बढी वायु प्रदूषण धनगढीमा देखिएको छ । त्यसपछि काठमाडौं, पोखरा, सौराहा, सिमरालगायतका सहरका आकाश प्रदूषणले ढाकिएको छ ।

विभागअन्तर्गत रहेको वायु गुणस्तर अनुगमन प्रणालीले देखाएअनुसार विगत २४ घण्टामा धनगढीमा वायु गुणस्तरको सूचकाङ्क २५९ पुगेको छ । त्यस्तै काठमाडौंमा वायु गुणस्तरको सूचकाङ्क करिब दुई सय छ । यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?