काठमाडौं । कोरोना भाइरसको संक्रमण तिब्र रुपमा फैलिदै गएपछि भारतका विभिन्न सहरमा लकडाउन र कर्फ्यु लगाइएको छ । गएको २४ घण्टामा भारतमा कोरोना संक्रमणबाट १ हजारभन्दा धेरैको जनाको मृत्यु भएको छ, भने झण्डै २ लाख जना नयाँ संक्रमित थपिएका छन् ।
योसँगै भारतको कोरोना संक्रमितहरुको संख्या एक करोड ४० लाख ७० हजारभन्दा धेरै पुगेको छ । कोरोनाका कारण अहिलेसम्म त्यहाँ एक लाख ७३ हजार १ सय ५२ जनाको मृत्यु भएको छ । विश्वमा अमेरिकापछि भारत कोरोेनाका कारण सबैभन्दा धेरै प्रभावित हुने देश हो ।
संक्रमण फैलिएसँगै भारतको राजस्थानमा बेलुका ६ बजेदेखि विहान ५ बजेसम्म रात्रिकालीन कर्फ्यु लागेको छ । राजस्थानसँगै दिल्ली, मध्यप्रदेश, उत्तर प्रदेश, पन्जाब, महाराष्ट्र लगायत क्षेत्रमा कोरोना संक्रमण फैलिएको छ । यी क्षेत्रका केही सहरमा लकडाउन छ भने केही ठाउँमा कडा प्रतिबन्ध गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया