कर्णाली प्रदेशमा आफ्नो नेतृत्वको सरकार बनाउन जुट्यो एमाले

लोकपथ
0
Shares

काठमाडौं । कर्णाली प्रदेश सरकारबाट बाहिरिएको नेकपा एमाले अब नयाँ सरकार गठनका लागि विभिन्न राजनीतिक दलसँग आन्तरिक छलफलमा जुटेको छ। माओवादी केन्द्र नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गरेर सरकारमा सहभागी तीनै जना मन्त्रीले राजीनामा दिएपछि कर्णाली प्रदेश सरकार अल्पमतमा परेको छ।

कर्णालीमा नयाँ सरकार गठनको चर्चासँगै नेपाली कांग्रेस र राप्रपामध्ये एउटा दललाई लिएर एमालेले सरकार बनाउने अनुमान गरिएको छ। एमालेलाई सरकार बनाउनका लागि एक जना प्रदेश सभा सदस्यको आवश्यकता छ। एमालेका प्रदेश सभा सदस्यहरूले मुख्यमन्त्री शाहीले नयाँ सरकार गठनका लागि बाटो खुला गरिदिनुपर्ने बताउँदै आएका छन्।

एमाले संसदीय दलका प्रमुख सचेतक गुलावजङ्ग शाहले दलका नेता यामलाल कँडेललाई प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरूसँग छलफल गर्न जिम्मा दिएको हुनाले छलफल अगाडि बढाइएको बताए । उनले आउने वैशाखको पहिलो सातामा एमालेको नेतृत्वमा नयाँ सरकार गठन हुने पनि जानकारी दिए । यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?