कास्की । राष्ट्रिय जनमोर्चा पार्टीले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै गण्डकी सरकार धरापमा परेको छ । यहि मौका छोपेर अरु विपक्षी दलले आज मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने तयारीमा जुटेका छन् ।
नयाँ सरकार गठनका लागि तीन दल कांग्रेस माओवादी केन्द्र र जनता समाजवादी पार्टीको बैठक आज बस्दै छ । सांसद विन्दुकुमार थापाको घरमा कांग्रेसले सुरुमा माओवादी संसदीय दलसङ्ग बैठक बस्ने एक सांसदले जानकारी दिए ।
माओवादी पछि कांग्रेसले सरकारमा सहभागी हुने अर्को दल जनता समाजवादी पार्टीका सांसदसँग भेट्नेछ ।यी दुवै दलसँगको भेटघाटको कारण चाहिँ मन्त्रालय र अन्य राजनीतिक नियुक्तिको भागबण्डामा कसरी अगाडि बढ्नेमा केन्द्रित हुनेछ ।
सोही नयाँ सरकारमा जनमोर्चा भने जाँदैन
कांग्रेस, माओवादी र जसपाको तीन दलको सरकार बन्नेछ । नयाँ बन्ने सरकारमा मुख्यमन्त्री कांग्रेसका कृष्णचन्द्र नेपाली बन्ने निस्चित भएको छ । अन्य मन्त्रालय र मन्त्रीको भागबन्डा मिलेको हकमा बिहीवार नै अहिलेका मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव एमालेबाहेकका अन्य दलले प्रदेशसभा सचिवालयमा दर्ता गराउने तयारी धइरहेको स्रोतले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया