काठमाडौं । गण्डकी प्रदेशको चालू अधिवेशन अन्त्य गरिएको छ ।
प्रदेश प्रमुख अमिक शेरचनले बुधवार राति १२ बजेबाट प्रदेशको चालू अधिवेशन अन्त्य भएको जानकारी गराएका छन् ।
प्रदेश सरकार गण्डकी प्रदेश, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम अन्त्य गरेका हुन् ।
‘प्रदेश सरकार गण्डकी प्रदेश, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश सभाको चालू अधिवेशन संवत् २०७८ साल वैशाख ०१ गते बुधवार रातको १२ बजेदेखि अन्त्य गरेको छु ।’ प्रदेश प्रमुख शेरचनले जारी सूचनामा भनिएको छ ।
यसअघि बुधवार राष्ट्रिय जनमोर्चा पार्टीले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । जनमोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ अल्पमतमा परेका छन् । जनमोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै अन्य दलहरुलाई अविश्वासको प्रस्तावमा समर्थन गर्ने बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया