गण्डकी प्रदेश : माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन पनि फिर्ता लियो (पत्रसहित)

काठमाडौं । नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई दिएको समर्थन फिर्ता लिएको छ ।
आज मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नुअघि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएको हो ।

माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलको कार्यालयले प्रदेश सभा सचिवालयलाई पत्र लेख्दै मुख्यमन्त्री गुरुङले आफूखुसी एकलौटी निर्णय गर्दै आएको भन्दै समर्थन फिर्ता लिएको जानकारी गराएको छ ।

बुधवार राष्ट्रिय जनमोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेको थियो । त्यससँगै एक्लिएको गण्डकी सरकारले आज नै प्रदेशको चालू अधिवेशन अन्त्य गरेको छ ।

आज नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र जनमोर्चाले गण्डकी प्रदेश सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?