काठमाडौं महानगरको आग्रह : ‘कोरोना संक्रमण देखिएका विद्यालय एक साता बन्द गर्नू’

लोकपथ
0
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले कोरोना संक्रमण देखिएका विद्यालय एक साता बन्द गर्न आग्रह गरेको छ ।

महानगरपालिकाका शिक्षा अधिकारी रामप्रसाद सुवेदीका अनुसार प्रमुख स्तरको बिहीवार बसेको बैठकले विद्यालयका शिक्षक, विद्यार्थी वा कर्मचारीमा कोरोना संक्रमण देखिए एक हप्ता विद्यालय बन्द गरी वैकल्पिक माध्यमबाट पठनपाठन गराउन आग्रह गरेको हो ।

महानगरले कोरोना संक्रमण नदेखिएका विद्यालयमा भने स्वास्थ्य सुरक्षाको मापदण्ड कडाइका साथ पालना गरी पठनपाठन सञ्चालन गर्न अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?