काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीमाथी जोडेर गरिएका नकारात्मक प्रचारप्रति उपप्रधानमन्त्री एवं नेकपा एमालेका नेता ईश्वर पोखरेलले आपत्ति जनाएका छन् । प्रधानमन्त्री र भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुखबीचको सम्झौता भन्ने विषयमा आएका समाचारप्रति औंल्याउँदै उनले प्रधानमन्त्रीका राम्रा कामलाई कमजोर देखाउन षड्यन्त्र भएको बताए ।
सामाजिक सञ्जालमा लेख्दै उनले, ‘कुनै वेला विदेशी शक्तिको न्यानो काखमा सुतेर देशमा उत्पात मचाउन लाज नमान्नेहरू अहिले प्रधानमन्त्री केपी ओलीको राष्ट्रवादी अडान र देशभक्तिपूर्ण कामलाई कमजोर देखाउन घिनलाग्दा षड्यन्त्रमा लागेका छन् ! यस्ता काम घृणायोग्य र दण्डनीय छन् !!’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया