काठमाडौं । नेपाली कांग्रेस कर्णाली प्रदेशका संसदीय दलका नेता जीवन बहादुर शाहीले सीमा मिचिँदा पनि नबोलेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
शुक्रवारबाट शुरु भएको कर्णालीको सातौँ अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै नेता शाहीले सभाले कानूनको पालना नगरेको आरोप लगाए ।
नेता शाहीले केहि समयअघि कर्णालीको माथिल्लो भेगमा चीनसँगको सीमा विवादको बारेमा स्थलगत अवलोकन गर्न जाँदा भएको आक्रमण र त्यसबारे संसदले देखाएको उदासिनताप्रति आक्रोश व्यक्त गर्दै त्यस्तो बताएका हुन् ।
सीमाका विषयमा ज्ञापन पत्र दिँदा पनि संसदले नसुनेको बताए ।
नेता शाहीले भने- ‘आफ्नो एउटा सदस्य ३ हजार माथि जाँदा मरिरहेको वा बाँचिरहेको छ थाहा नदिने संसद ।’
त्यस्तै गत निर्वाचनमा दुई ठूला दलहरु एमाले र माओवादी केन्द्र मिलेर नेकपा भएपछि देशले काँचूली फेर्ने आशा गरिएपनि त्यसो हुन नसकेको बताए ।
‘नेकपा भइसकेपछि देशको काँचुली फेरिन्छ भनिन्थ्यो । अहिले त देखिएकै छ ।’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया