काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले विश्वासको मत लिनका लागि मत मागेका छन् ।
मुख्यमन्त्री शाहीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रदेश सभाको बैठकमा उनले मत मागेका हुन् ।
नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका मुख्यमन्त्री शाहीले सभामा मत मागेका हुन् ।
सभामा बोल्दै मुख्यमन्त्री शाहीले नेपालको संविधानको धारा १८८ को उपधारा (२) अनुसार मत मागेका हुन् ।
४० जना प्रदेश सभा रहेको कर्णाली प्रदेशमा माओवादी एमालेका २० जना, माओवादी केन्द्रका १३ जना, नेपाली कांग्रेसका ६ जना र राष्ट्रिय प्रजातन्त्र पार्टीको १ जना सांसद रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया