भारतमा कोरोना : २४ घण्टामा १३ सयको मृत्यु, २ लाख ३४ हजार नयाँ संक्रमित थपिए

लोकपथ
0
Shares

काठमाडौं । भारतमा दैनिक कोरोना संक्रमितहरुको संख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा २ लाख ३३ हजार ९ सय ४३ जना नयाँ संक्रमित थपिएका छन् । भने १३ सय ३८ जनाको मृत्यु भएको छ ।

हालसम्म भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ७५ हजार ६ सय ७३ पुगेको छ । कुल संक्रमित संख्याका आधारमा दोस्रो स्थानमा रहेको भारतमा कोरोना संक्रमितको संख्या एक करोड ४५ लाख २१ हजार ६ सय ८३ पुगेको छ।

विश्वमा कुल संक्रमितका आधारमा अगाडि रहेको अमेरिकामा तीन करोड २२ लाख २२ हजार ४३४ संक्रमित रहेका छन्। पछिल्लो २४ घण्टामा त्यहाँ ८० हजारभन्दा बढी संक्रमित थपिएका छन् भने ८ सय ७९ जनाको मृत्यु भएको छ।

तेस्रोमा रहेको ब्राजिलमा पनि एक करोड ३६ लाख ३४ हजार ३४२ संक्रमित रहेका छन्। त्यहाँ पछिल्लो २४ घण्टामा ७६ हजार संक्रमित थपिँदा ३ हजारभन्दा बढीको मृत्यु भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?