कञ्चनपुरका अस्पतालमा आइसोलेशन बेडको अभाव

लोकपथ
0
Shares

कञ्चनपुर । महाकाली अस्पतालमा कोरोना संक्रमित राख्न बेड अभाव भएको छ। अस्पतालमा रहेको ५० शय्याको आइसोलेसनमा ५३ जना बिरामी राखिएको छ।

भारतबाट नेपाल आउनेमा गड्डाचौकी नाकामा एन्टिजेन परीक्षण गर्दा दैनिक १० देखि १५ जना संक्रमित अस्पताल पुग्ने गरेको कोरोना फोकल पर्सन डा.गोविन्द रोकायाले बताए। डा.रोकायाका अनुसार संक्रमित थपिँदै गएकाले अस्पतालमा आइसोलेसन बेड अभाव भएको हो।

हाम्रो क्षमता ५० बेडको मात्रै हो सबै प्याक भइसकेको छ’ डा.रोकायाले भने, दैनिक संक्रमित थपिने क्रम बढेको छ। उनले गम्भीर अवस्थाका बिरामीलाई उपचारका लागि धनगढीको सेती अस्पताल पठाउने गरिएको बताए।

महाकालीमा बेड अभाव हुन थालेपछि स्वास्थ्य कार्यालयले महेन्द्रनगरस्थित आईसीएचको भवनमा आइसोलेसन बनाउने तयारी गरेको छ। उक्त भवनमा १ सय जना अटाउने गरी आइसोलेसन बनाउने काम भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ।

स्वास्थ्य कार्यालय प्रमुख शिवराज सुनारले एक दुई दिन भित्रै सञ्चालनमा आउने गरी आइसोलेसन तयार गरिरहेको बताए। लक्षण देखिएकालाई महाकाली अस्पताल र बिना लक्षणलाई यहाँ राख्ने व्यवस्था मिलाइरहेका छौ’, सुनारले भने। यो खबर आजको अन्नपूर्ण पोष्टमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?