भूमिहीनहरुका लागि बजेट विनियोजन गर्छु : मुख्यमन्त्री पौडेल

लोकपथ
0
Shares

मकवानपुर । वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले भूमिसम्बन्धी समस्या समाधान गर्न आगामी वर्षदेखि बजेट विनियोजन गर्ने बताएका छन् । भूमिसम्बन्धी समस्या समाधान आयोगमा पूर्वाधार, जनशक्ति, सेवा सुविधालगायतको विषयमा समस्या भए पनि त्यसलाई चिर्दै अगाडि बढ्न उनले आग्रह गरे ।

शुक्रवार हेटौंडामा भूमीसम्बन्धी समस्या समाधान आयोगको पदाधिकारी र सदस्य सचिवहरूसँग सुकुम्बासी समस्या, चुनौती र समाधानबारे भएको अन्तरक्रियामा वागमती प्रदेशका १३ जिल्लाको आयोगका पदाधिकारीहरूको उपस्थिति थियो ।

भूमीसम्बन्धी समस्या आयोग काठमाडौं जिल्लाका अध्यक्ष रामशरण ढुंगानाले काठमाडौंमा शोभाषी, विर्ता, अव्यवस्थित बसोबास, हदबन्दीको समस्या रहेको बताए । उनले काठमाडौंमा समस्या धेरै भएको भन्दै भूमिसम्बन्धी आयोगको सुचना लक्षित वर्गसम्म पुग्नै नसकेको जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?