आजदेखि त्रिदेशीय टी- २० क्रिकेट कीर्तिपुरमा हुँदै

लोकपथ
0
Shares

काठमाडौं । आजदेखि त्रिदेशीय टी–२० क्रिकेट शृंखला काठमाडौंमा शुरु हुँदै छ । खेल दिउँसो सवा १ बजेपछि कीर्तिपुर क्रिकेट मैदानमा शुरु हुने नेपाल क्रिकेट संघले जनाएको छ । उद्घाटन खेलमा नेपालले नेदरल्यान्ड्सबीच खेल हुँने छ ।

प्रतियोगिता शुरु हुनुअघि नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रवार पत्रकार सम्मेलन गर्दै जर्मनीमा निर्मित ट्रफी सार्वजनिक गरेको थियो । ट्रफी सार्वजनिक कार्यक्रममा नेपाली टोलीका कप्तान ज्ञानेन्द्र मल्ल, मलेसियाका कप्तान फैज अहमद र नेदरल्याड्सका कप्तान पिटर सिलार उपस्थित थिए ।

नेपालले ज्ञानेन्द्र मल्लको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ । टोलीमा मल्लसहित दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सन्दीप जोरा, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, अभिनाश बोहरा, आरिफ शेख, आसिफ शेख, कुशल मल्ल, कुशल भुर्तेल, साहब आलम, कमलसिंह ऐरी र सुशन भारी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?