काठमाडौं । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद्का अध्यक्ष डा. बाबुराव भट्टराईले कर्णाली प्रदेशले भष्मासुर र मोहिनीको नृत्य छिट्टै समापन हुने संकेत गरेका छन् ।
डा. भट्टराईले गण्डकी र कर्णाली प्रदेशको सन्देश भष्मासुर र मोहिनीको नृत्य छिट्टै समापन हुँदैछ भन्दै सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् । उनले कर्णालीले मूल्यमान्यताको राजनीतिलाई कानुनले नछेक्ने सन्देश दिएकोसमेत स्पष्ट ट्वीटमा लेखेका छन् ।
मूल्यमान्यताको राजनीतिलाई कानुनी भ्रमजालले छोप्ने दुष्प्रयास नछर्न पनि आग्रह गरेका छन् । उनले कुनै घटनाको मुख्य चालक तत्व बाह्य नभएर आन्तरिक नै हुन्छ भन्ने नभुल्न पनि आग्रह गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया