काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले वर्तमान सरकार टिकाउन महन्थ ठाकुरसँग हात जोड्नुपर्ने अवस्था आएको बताएका छन् ।
शनिवार सामाजिक सञ्जाल फेसबुकमार्फत टिप्पणी गर्दै अध्यक्ष लोहनीले वर्तमान सरकार टिकाउनको लागि महन्थ ठाकुर सँग हात जोडेर निरिह हुनुपर्ने बिडम्बना रहेको बताए । ‘वर्तमान सरकार लाई आफु टिक्न महन्त जी सँग हात जोडेर निरिह हुनु पर्ने बाध्यता देखिन्छ ।’ उनको भनाई छ ।
आफ्नो फुर्ति देखाउन आफ्नै राजनीतिक गोत्रका साथीलाई सखाप पार्ने सपना देखिएको पनि अध्यक्ष लोहनीले बताएका छन् । उनले लेखेका छन्, ‘अर्को तिर आफ्नो फुर्ति देखाउन आफ्नै राजनैतिक गोत्रका साथी लाई सखाप पार्ने सपना पनि छ यो बिडम्बना कसले बुझने?’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया