काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेल संयोजक रहेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठक शनिवार बस्दैछ । दिउँसो २ बजेपछि सिंहदरबारमा बस्ने बैठकमा बढ्दो कोरोनाभाइरस संक्रमण र त्यसको रोकथाम तथा अपनाउनुपर्ने रणनीतिबारे छलफल हुने बताइएको छ ।
यस्तै बैठकले विद्यालय बन्द गर्ने वा नगर्ने भन्नेबारे पनि बैठकमा छलफल हुने बताइएको छ । पछिल्लो समय संक्रमण बढ्दै गएपछि सरकारले विद्यालय बन्दबारे निर्णय गरेको छैन भने १४ जिल्लाका विद्यालयमा नजान आग्रह मात्रै गरेपछि आम अभिभावक र विद्यार्थीमा अन्योलता उत्पन्न भएको अवस्था छ ।
पछिल्लो समय कोरोना संक्रमण बढेको र त्यसको अत्यधिक असर ससाना बालबालिकामा देखिएको भन्दै स्वास्थ्य मन्त्रायलयले यसअघि नै एक महिना विद्यालय बन्द गर्ने प्रस्ताव समेत गरेको थियो।
तर सरोकारवालाले तत्काल विद्यालय बन्द गर्न नहुने बताएका थिए । आजको बैठकले भने पछिल्लो समय भयावह बन्दै गएको कोरोनाको स्थिति तथा नियन्त्रणमा गर्न सकिने प्रयासका विषयमा छलफल गर्ने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया