कैलालीसँग जोडिएको त्रिनगर-गौरीफन्टा नाका बन्द गरिने

लोकपथ
0
Shares

टेकसिँह धामी/ धनगढी- कैलालीसँग जोडिएको त्रिनगर– गौरीफन्टा नाका बन्द गरिने भएको छ ।

भारतको उत्तर प्रदेशमा पञ्चायत चुनाव अर्थात् स्थानीय तहको चुनाव हुँदै छ । चुनावलाई मध्यनजर गर्दै कैलाली जिल्लासँग जोडिएको गौरीफन्टा नाकामा भोलि आइतवार बेलुकीदेखि सोमवार बेलुकीसम्म आवतजावत पूर्ण रूपमा बन्द गरिने भएको हो ।

चुनावी अवस्थालाई मध्यनगर गर्दैे गौरीफन्टा नाका बन्द गरिने भएको कैलाली प्रशासनले जनाएको छ ।

सो नाका भएर अहिले दैनिक हजार बढि नेपाली स्वदेश फर्किरहेका छ्न । बैशाख ५ गते साँझदेखि ६ गतेसम्म नाका पूर्ण रुपमा बन्द रहने छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?