त्रिकोणात्मक टी-२० सिरिज : नेदरल्याण्ड्सविरुद्ध नेपालको शानदार जीत

लोकपथ
0
Shares
तस्वीर: क्यानको ट्वीटरबाट

काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिजमा को शुरुवाती खेलमा आयोजक टोली नेपालले नेदरल्याण्ड्सलाई ९ विकेटको फराकिलो अन्तरले पराजित गरेको छ।

भर्खरै त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सम्पन्न भएको खेलमा नेपालले टस् जितेर बलिङ गरेको थियो। सोमपाल कामी र सन्दीप लामिछानेले नेपाललाई सोचेको जस्तो शुरुवात दिलाउन सके । नेदरल्याण्ड्सका शुरुवाती ब्याट्सम्यान म्याक्स ओ डोडलाई सन्दीपले १० रनमा एल. बी. डब्लु. गर्दै पाविलियन फर्काउँदा सोमपालले बेन कूपरलाई डक आउट पारे । खेलमा नेदरल्यान्ड्सले ४ विकेट मात्र गुमाउँदा पनि १३६ रनको साधारण योगफल मात्र खडा गर्न सक्यो ।

जवाफमा ब्याटिङ गर्न आएका नेपालका दुई देबुट्यान्ट द्वय कुशल भुर्तेल र आसिफ शेखले कीर्तिमानी ब्याटिङ प्रदर्शन देखाए । भुर्तेल र शेख बिच पहिलो विकेटको लागि ११६ रनको साझेदारी जमेको थियो। भुर्तेल र शेखको यो पारी ज्ञानेन्द्र मल्ल र पारस खड्का को १०४ रनको साझेदारीलाई उछिन्दै टी(२० मा नेपालको लागि सर्वाधिक पहिलो विकेट पार्टनरशिप बन्न पुग्यो ।

भुर्तेलले ३० बलमा अर्धशतक प्रहार गर्दा उनी डेब्युमा ५० रन प्रहार गर्ने फाष्टेष्ट नेपाली ब्याट्सम्यान बन्न पुगे । भुर्तेलको ६४ रनको पारीमा ५ चौका र ५ छक्का जोडिएका छन् भने उता शेखको ५४ रनको अर्धशतकिय पारीमा ४ चौका र ४ छक्का सम्मिलित छन् ।

नेपालले ५ ओभर बाँकि रहँदै खेल जित्न सफल हुँदा कुशल भुर्तेल म्यान अफ दि म्याच घोषित भए ।

नेदरल्यान्ड्सले भोलि मलेसियासँग त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा मध्यान्न १२:१५ मा प्रतिस्पर्धा गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?