काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणका कारण विश्वभरमा ३० लाख २३ हजार भन्दा बढीले ज्यान गुमाएका छन् । कोरोना संक्रमितको संख्या १४ करोड भन्दा बढी पुगेको छ ।
पछिल्लो २४ घन्टामा मात्रै विश्वभर ७ लाख ८० हजार नयाँ संक्रमित थपिएका छन् । अहिले कोरोना भाइरसको संक्रमणको अवस्था अहिलेसम्मको उच्च भएको भन्दै विश्व स्वास्थ्य संगठनले सतर्कता अपनाउन आग्रह गरेको छ ।
विश्वभर संक्रमण दर उच्च रहेको सन्दर्भमा छिमेकी देश भारतमा कोरोना संक्रमणको दर उच्च बिन्दुमा पुगेको छ । भारतमा संक्रमितको संख्या दैनिक २ लाख ६० हजार भन्दा बढीरहेको छ ।
नेपालमा पनि कोरोना संक्रमितको संख्या दिन प्रतिदिन वृद्धि हुदैँ गइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया