सवारी दुर्घटनामा परि ८ जनाको मृत्यु

लोकपथ
0
Shares

काठमाडौं । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परि ८ जनाको मृत्यु भएको छ । नवलपरासी (पूर्व), सुनसरी, भक्तपुर, सर्लाही, मोरङ र धनुषाका छुट्टाछुट्टै स्थानहरूमा भएको सवारी दुर्घटनामा परि ८ जनाको मृत्यु भएको हो ।

नवलपरासी (पूर्व)को विनयी त्रिवेणी गाउँपालिका-२ दाउन्नेस्थित सडकमा बुटवलबाट नारायणघाटतर्फ आउँदै गरेको ना ५ ख ७००० नम्बरको बस आफैँ अनियन्त्रित भई सडकबाट करिब २ सय मिटर तल खसेर शनिवार साँझ दुर्घटना हुँदा ईलाम बस्ने २५ वर्षीया धनु दर्लामी लगायत ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको पुरानो मेडिकल कलेज अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका मध्ये ४ जनाको पुरानो मेडिकल कलेज र २० जनाको भरतपुर मेडिकल कलेजमा उपचार भईरहेको छ भने ४ जना उपचार पश्चात डिस्चार्ज भएका छन् । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सुनसरीको ईटहरी उपमहानगरपालिका-६ पश्चिम लाईनस्थित सडकमा ना ५ ख ११११ नम्बरको बसले को ३३ प ३२४० नम्बरको मोटरसाइकललाई शनिवार बेलुका ठक्कर दिँदा मोटरसाइकल चालक ईटहरी बस्ने ४२ वर्षीय बीरेन्द्र चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाईते भएका उनको धरान घोपा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

भक्तपुरको चाँगुनारायण नगरपालिका-७ बागेश्वरी ठुलीगाउँस्थित सडकमा बा९० प १२७५ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई सडक छेउको नालीमा खसेर शनिवार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ४६ वर्षीय दामोदर लामिछानेको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाईते भएका उनको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

सर्लाहीको लालबन्दी नगरपालिक-७ डुमडुमेस्थित सडकमा प्रदेश २-०२-००३ प ०४९८ नम्बरको मोटरसाइकललाई हाल नम्बर नखुलेको सवारी साधनले आइतवार बिहान ठक्कर दिँदा मोटरसाइकलमा सवार धनुषा जनकपुर उपमहानगरपालिका-१८ बस्ने २७ वर्षीय संजित दासको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाईते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल
चालक सोही ठाउँ बस्ने २८ वर्षीय सुनिल गिरीको सोही अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।

मोरङको धनपालथान गाउँपालिका-४ स्थित सडकमा को।२७ प ६४५९ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई आइतबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक रंगेली नगरपालिका-२ बस्ने २३ वर्षीय भोला शर्माको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाईते भएका उनको कोशी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही नगरपालिका-३ बस्ने २२ वर्षीय कासमिक मुर्मुको सोही अस्पतालमा उपचार भईरहेको छ ।

धनुषाको लक्ष्मिनिया गाउँपालिका-४ सपहिचोकस्थित सडकमा ज ६ प ५१ २८ नम्बरको मोटरसाइकल सडक निर्माण भईरहेको डाईभर्सन बोर्डमा ठोक्किएर आइतवार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक हाल नाम,थर, वतन नखुलेका व्यक्तिको मृत्यु भएको छ । दुर्घटनामा परी गम्भीर घाईते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले तत्काल उद्धार एवं आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?