नेकपा एमाले र माओवादी केन्द्रको बैठक एकैदिन बस्ने

काठमाडौं नेकपा एमाले र माओवादी केन्द्रको बैठक एकैदिन बस्ने भएको छ ।

भोलि सोमवार नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्दै छ भने माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्न लागेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो १ बजे बस्ने एमालेको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल हुनेछ ।

स्रोतले दिएको जानकारी अनुसार बैठकमा महाधिवेशन, कार्यविभाजन र राजनीतिक प्रतिवेदनका विषयमा छलफल हुने बताइएको छ ।

त्यस्तै माओवादी केन्द्रको स्थायी कमिटी बैठक दिउँसो १ बजे नै कोटेश्वरस्थित पार्टी कार्यालय पेरिसडाँडामा बस्ने छ ।

सरकारलाई दिएको समर्थनबारे भोलिको बैठक निर्णायक हुने माओवादी निकट स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?