महाकुम्भ मेलामा सहभागी भएर पूर्वराजा ज्ञानेन्द्र स्वदेश फिर्ता

काठमाडौं । भारतको हरिद्वारमा लागेको महाकुम्भ भेलामा सहभागी भएर पूर्व राजा ज्ञानेन्द्र शाह स्वेदश फर्किएका छन् ।

पूर्वराजा ज्ञानेन्द्र पत्नी कोमल राज्यलक्ष्मीका साथ गत चैत २६ गते दिल्ली प्रस्थान गरेका थिए ।

महाकुम्भ मेला आयोजक कमिटीको विशेष निम्तोमा हरिद्वार गएका पूर्व राजा ज्ञानेन्द्र दम्पती आईतवार दिउँसो त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् ।

उनीहरुको स्वागतका लागि राजावादी एवम् सर्वसाधारणको त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलमा भीड लागेको थियो । नेपालको राष्ट्रिय झण्डा लिएर पुगेका सर्वसाधारणहरुले राजाको पक्षमा नारा समेत लगाएका थिए ।

त्यस्तै विमानस्थल परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?