कोरोना कहर: वीरगञ्जका विद्यालयहरू बन्द गर्ने निर्णय

वीरगञ्ज । कोरोना भाइरसको जोखिम बढेपछि वीरगञ्जका विद्यालयहरू भोलि (सोमवार) देखि बन्द हुने भएका छन् ।

वीरगन्ज महानगरपालिका शैक्षिक प्रशासन महाशाखाले बीरगन्जमा कोरोनाको जोखिम बढ्दै गएको भन्दै कक्षा १ देखि  ५ सम्मको पठनपाठन बन्द गर्ने निर्णय गरेको हो। अर्को निर्णय नहुन्जेलसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको अधिकृत हरि राउतले जानकारी दिए।

महानगरपालिकाले सबै सामुदायिक र संस्थागत विधालयलाई आन्तरिक मुल्यांकनबाट कक्षा बृद्धिको ब्यबस्था मिलाउन समेत निर्देशन दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?