काठमाडौं । विगत केही हप्तादेखि काठमाडौं उपत्यका लगायत देशका विभिन्न ठाउँमा बढेको वायु प्रदूषण न्यूनीकरण गर्न तत्काल चाल्नुपर्ने पहलकदमी सुझाउँदै नेपाली कांग्रेसका नेता गगन थापा लगायत तीन सांसदले प्रस्ताव दर्ता गरेका छन् ।
वायु प्रदूषण न्यूनीकरण गर्न तत्काल गर्नुपर्ने काम र दीर्घकालीन रूपमा गर्नुपर्ने तयारी र पहलकदमीका सन्दर्भमा थापा लगायत तीन सांसदले संसदमा प्रस्ताव दर्ता गरेका हुन् ।
काठमाडौं उपत्यकाको जनप्रतिनिधिका रूपमा आफूहरुले उक्त कदम चालेको नेता थापाले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् ।
कोरोनाको कहरका दौरान वायु प्रदूषणले थप समस्या निम्त्याएको भन्दै यसको मूलभूत कारणहरु पत्ता लगाइ समाधान खोज्नुपर्ने मागसहित प्रस्तावमा सम्बन्धित निकायको ध्यानाकर्षण गर्न खोजिएको छ ।
यस्तो छ प्रस्तावः
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया