विराटनगर । पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा आज ४३ जना कोरोना सङक्रमित थपिएका छन् । सो अवधिमा ३३४ को पिसीआर परीक्षण गरिएको थियो ।
थपिएका सङ्क्रमितमा मोरङमा २९ मध्ये विराटनगरमा १२ महिलासहित २७, सुनसरीमा ६, झापामा एक र प्रदेश बाहिरका सात जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यस प्रदेशमा हालसम्ममा कोरोना सङ्क्रमितको सङ्ख्या ३० हजार ६४७ पुगेको छ भने सक्रिय सङ्क्रमितको सङ्ख्या २६६ रहेको मन्त्रालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया